Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

कोरोनाबाट भएको मृत्युको वास्तविक संख्या तीन गुणा बढीः डब्ल्युएचओ  

कोरोनाबाट भएको मृत्युको वास्तविक संख्या तीन गुणा बढीः डब्ल्युएचओ  

  • 556
    SHARES
  • कोरोनाबाट भएको मृत्युको वास्तविक संख्या तीन गुणा बढीः डब्ल्युएचओ  

    काठमाडौं । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसबाट विश्वमा ज्यान गुमाउनेको वास्तविक संख्या आधिकारिक रुपमा बताएको भन्दा दुई/तीन गुणा बढी रहेको छ । संगठनका अनुसार आधारिक रुपमा विश्वभर अहिलेसम्म कोभिड-१९ बाट ३४ लाखको ज्यान गएको छ । 

    images

    विश्वव्यापी स्वास्थ्य तथ्यांक बारेको आफ्नो वार्षिक रिपोर्टमा संगठनले कोरोनाबाट हालसम्म विश्वमा ६० देखि ८० लाख जनाको मृत्यु भइसकेको हुन सक्ने उल्लेख गरेको छ ।

    रिपोर्टअनुसार सन् २०२० मा कम्तिमा तीस लाख वा रेकर्ड गरिएको संख्याभन्दा १२ लाख बढीको मृत्यु भएको छ । प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा कोभिड १९ बाट भएको वास्तविक मृत्यु जारी गरिएको तथ्यांकभन्दा निकै कम छ, रिपोर्टमा भनिएको छ ।

    संगठनकी सहायक प्रबन्ध निर्देशक समिरा अस्मा भन्छिन्, 'वास्तविक मृत्यु दुई वा तीन गुणा बढी छ । म स्पष्ट रुपमा भन्न सक्छु, आकलन गर्दा यो ६० देखि ८० लाखको बीचमा छ ।'

    संगठनका अनुसार धेरै मानिसको मृत्यु महामारी सुरु भएको समयमा कोरोना पुष्टि नहुँदै भइसकेको थियो भने कतिपय देशमा कोभिडबाट मृत्यु भएको तथ्य जुटाउन उचित प्रक्रियासम्म नरहेका कारणले यस्तो अवस्था देखिएको हो । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology