Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

मन भो भरङ्ग !

मन भो भरङ्ग !

  • 1.1K
    SHARES
  • मन भो भरङ्ग !

    खोलें बिहानै उठी फेस बुक
    भित्ता रगिला शुभकामनाका
    खुसी बनेथ्ये मनका तरङ्ग
    बाहिर हेर्दा मन भो भरङ्ग ।

    मान्छे हिँडेका छन फाट्टफुट्ट 
    निषेधको शान्ति छ यो विचित्र 
    सेतै सबै त्यो परिधान भित्र
    देखिन्छ शान्तिहरूको सचित्र !

    नघाटमा ठाँउ  जलाउने छ
    न सासमा प्राण चलाउँने छ
    निभ्दो छ वत्ति अव देहभित्र
    कस्ले सलेदो अनि तेल थप्छ ?

    कहीं पनि बस्तछ आड छैन
    कतै पनि बाँचन बेड छैन
    के ले सबै शोचहरू हरेछ
    साँच्चै कता मानवता सरेछ !

    उठेर गर्ने पनि ठाउँ छैन
    यो पेट पापी  नभरी  हुँदैन
    ती दीनका दिन भनी नबिर्सौं
    सकिन्छ यो मानवता समर्पौं !

    कैले हुने हो सुख फुटबाट
    बिग्रन्छ भन्नेहरू  जुटबाट
    यो सत्य फेर्नेहरूमा सलाम
    सधैं  रहन्छन्  मनमा जलान !

    पढी बनोस् यो मन मानवी पन
    छ स्वार्थ  के बच्न हरे दुई दिन !
    धरा रहन्छिन् युगयुग सम्मन
    समस्त सम्झौं इतिहास भैकन !

    सबै बँचाऔं सब बँच्नु पर्छ 
    हाम्रो इतिहास त साँच्नु पर्छ 
    होस् सत्तरी साठी भएर के छ ?
    आँशू पिई बाँच्न कठिन हुन्छ !
                  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij