Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

सहिद परिवारलाई मासिक भत्ता वितरण

सहिद परिवारलाई मासिक भत्ता वितरण

  • 322
    SHARES
  • सहिद परिवारलाई मासिक भत्ता वितरण

    सप्तरी । सप्तरीको राजविराज नगरपालिकाले विभिन्न आन्दोलनमा सहिद भएका नगर क्षेत्र भित्रका सहिद परिवारलाई मासिक पाँच हजार एक सय भत्ता उपलब्ध गराएको छ ।

    आर्थिक वर्ष ०७९/८० को नगरसभाको निर्णयानुसार सहिदप्रति परिवारलाई जीवन निर्वाहका लागि मासिक पाँच हजार एक सय उपलब्ध गराउन थालिएको नगरपालिकाले जनाएको छ ।

    हालसम्म उक्त सहयोग राशि पाउने सहिद परिवारको संख्या तीन पुगेको छ । मासिक पाँच हजार एक सयका दरले सहिद परिवारलाई जीवन निर्वाह भत्ता प्रदान गर्ने नगरसभाको निर्णयानुसार सहयोग राशि वितरण सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत विनयकुमार सोनूले जानकारी दिए ।

    उक्त सुविधा प्राप्त गर्न सहिद परिवारले सहीद प्रमाणपत्र, नागरिकता प्रतिलिपि, नाता प्रमाणित र सम्बन्धित वडा कार्यालयको सिफारिसलगायत आवश्यक कागजात पेस गर्नुपर्ने प्रावधान राखिएको छ । सो अनुसार नगरपालिकाले सूचनासमेत जारी गरेको छ ।

    नगरसभाको पहिलो बैठकबाटै निर्णय भएबमोजिम गत साउनदेखिकै मासिकभत्ता जोडेर सहयोग प्रदान गर्न थालिएको राजविराज नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत परवीनले बताए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij