वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा नै संसदीय दलको नेता हुने बताएका छन् ।
आइतबार पार्टी कार्यालय सानेपामा बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले उक्त कुरा बताएका हुन् ।
‘मेरो दृष्टिकोणमा उहाँले नै संसदीय दलको नेतृत्व गर्नुपर्छ । मेरो दाइ उठेपछि म असमञ्जसमा पर्छु,’ उनले भने, ‘दाइले मत पाउनुहुन्छ कि हुन्न भनेर नसोध्नुस् । म सोचेर मत दिन्छु ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij