Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

गगनलाई युवा नेताहरूको साथ

गगनलाई युवा नेताहरूको साथ

  • 295
    SHARES
  • गगनलाई युवा नेताहरूको साथ

    काठमाडौं । संसदीय दलको नेताको लागि उम्मेदवारी दिएका महामन्त्री गगन थापालाई कांग्रेसका युवा नेताहरूको समर्थन देखिएको छ ।

    संस्थापनइतर पक्षबाट पार्टी सभापति शेरबहादुर देउवाविरूद्ध उम्मेदवार बनेका थापालाई अर्का महामन्त्री विश्वप्रकाश शर्माले साथ दिएका छन् ।

    यसैगरी कांग्रेसका प्रदीप पौडेल, मिनेन्द्र रिजालले समेत थापालाई साथ दिएका छन् । जसमा मिनेन्द्र सांसद भने होइनन् । तर उनीनिकट सांसद्हरूसँग गगनको पक्षमा मत मागिरहेका छन् । 

    कांग्रेसमा पुस्तान्तरणको आवाज उठिरहेका बेला युवा नेताहरूमा समेत कांग्रेस परिवर्तनको हुटहुटी देखिएको छ ।

    यद्यपी संसदीय दलमा सभापति देउवाको बहुमत रहेको आकलन छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij