Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

बसको ठक्करबाट महिलाको मृत्यु

बसको ठक्करबाट महिलाको मृत्यु

  • 289
    SHARES
  • बसको ठक्करबाट महिलाको मृत्यु

    मकवानपुर । हेटौँडा-नारायणगढ सडकखण्डअन्तर्गत पर्ने मकवानपुरको मनहरि गाउँपालिका-९ खरङ्गामा बिहान बसको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा भोजपुर नगरपालिका-७ कोदारकी ४५ वर्षीया सीता मिजार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए ।

    प्रहरी निरीक्षक घिमिरेका अनुसार आज बिहान ४ बजे झापाको काँकडभिट्टाबाट स्याङ्जातर्फ जाँदै गरेको ना५ख ६१०३ नंको बसकी यात्रु मिजारलाई बाटो काट्ने क्रममा नारायणगढबाट हेटौँडातर्फ आउँदै गरेको लु२ख ४६०७ नंको बसले ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् ।

    गम्भिर घाइते मिजारको चुरेहिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक घिमिरेले बताए । उनको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा राखिएको छ ।

    मिजारलाई ठक्कर दिने बसका चालक रुपन्देहीको बुटवल उपमहानगरपालिका-११ का ४० वर्षीय सिमबहादुर पल्ली मगरलाई इलाका प्रहरी कार्यालय मनहरीले नियन्त्रणमा लिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij