Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

१३ देखि १६ वर्षका ८ किशोरी मिलेर ५९ वर्षीयको हत्या

१३ देखि १६ वर्षका ८ किशोरी मिलेर ५९ वर्षीयको हत्या

  • 352
    SHARES
  • १३ देखि १६ वर्षका ८ किशोरी मिलेर ५९ वर्षीयको हत्या

    टोरन्टो । क्यानडाको टोरोन्टोमा एक ५९ वर्षीय पुरुषको हत्या गरेको अभियोगमा ८ जना किशोरीलाई अभियोग लगाइएको छ । आइतबार स्थानीय समयअनुसार मध्यरातमा १३ देखि १६ वर्षका किशोरीले छुरा प्रहार गरेर उनको हत्या गरेको प्रहरीले आरोप लगाएको छ । पहिचान नखुलाइएका ती व्यक्ति आक्रमणको समयमा घरबारबिहीनका लागि बनाइएको आवासमा आश्रय लिइरहेका थिए । आक्रमणबाट आफू गहिरो रूपमा दुःखी भएको टोरन्टोका मेयर जोन टोरीले बताए ।

    आइतवार मध्यरातमा एक व्यक्तिलाई छुरा प्रहार गरेको थाहा पाएपछि स्थानीयले आपत्कालीन सेवाहरूलाई जानकारी दिएको टोरन्टो प्रहरीले जनाएको छ ।   उनको अस्पतालमा मृत्यु भएकको थियो । उनको पेटमा चक्कु प्रहार भएको छ ।

    क्यानेडेली कानुनअन्तर्गत पहिचान गोप्य राखिएका ति किशोरीहरुलाई आक्रमण भएको क्षेत्रमा पक्राउ गरिएको र उनीहरुबाट हतियार जफत गरिएको छ । उनीहरू सामाजि सञ्जालका माध्यममार्फ भेट गरेका थिए र उनीहरूमध्ये तीन जनाको यसअघि नै प्रहरीसँग सम्पर्क रहेको बताइएको छ । आक्रमणको साँझ एउा विवादमा संलग्न रहेको पनि प्राप्त विवरणहरूमा जनाइएको छ । 

  • सम्बन्धित विषय:

  • # हत्या

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij