वेबटिभी खबर
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ सरकार गठनमा अब ढिलाइ नहुने बताएका छन् । नेपाल समाजवादी पार्टीका अध्यक्षद्वय डा.बाबुराम भट्टराई र महिन्द्र राय यादवसँगको कुराकानी देउवाले सरकार गठनमा बिलम्ब नहुने बताएका हुन् ।
बिहीबार बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री देउवाले पाँच दलीय गठबन्धनमा रहेका सबै दलको सम्मान हुनेगरी सरकार निर्माण हुने बताए ।
‘गठबन्धनभित्रका सबै दलको सम्मान हुनेगरी सरकार बन्छ । नयाँ सरकार गठनमा अब ढिलाइ हुँदैन । सबैको सम्मान हुनेगरी शक्ति बाँडफाँट हुन्छ,’ देउवाको भनाइ उद्धृत गर्दै यादवले भने ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij