वेबटिभी खबर
काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले पद तथा गोपनीयता शपथ लिएका छन् ।
नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
प्रतिनिधिसभामा २७५ सदस्य रहेका छन् । उनीहरूले नेपालीसहित मातृभाषामा पनि शपथ लिएका छन् ।
बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले राणालाई पद तथा गोपनीयताको शपथ गराएकी थिइन् ।
संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले संसद बैठक सञ्चालन र संसदीय दलको कार्यालयबारे जानकारी गराएका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij