वेबटिभी खबर
काठमाडौं । नेकपा माओवादी केन्द्रले आज संसदीय दल नेता चयन गर्ने भएको छ। दल नेता र उपनेता चयन गर्न माओवादीले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा अपरान्ह ४ बजे बैठक राखेको छ।
संसदीय दलको बैठक अघि माओवादीको पदाधिकारी बैठक बस्दैछ। संसदीय दल नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्वसम्मत चयन हुने सम्भावना छ। तर दलको उपनेताका लागि २ जनाले दाबी गरेका छन्।
उपनेताका लागि उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्माले दाबी गरेका छन्। आफूलाई दलको उपनेता बनाउन वर्षमान र जनार्दनले प्रचण्डसँग माग गरिरहेका छन्।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij