Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

माधव कमरेडको निर्देशनमा पार्टी दर्ता भएको होइन: जीवन राई

माधव कमरेडको निर्देशनमा पार्टी दर्ता भएको होइन: जीवन राई

  • 1.4K
    SHARES
  • माधव कमरेडको निर्देशनमा पार्टी दर्ता भएको होइन: जीवन राई

    काठमाडाैं । नेकपा एमालेको कारबाहीमा परेपछि माधव नेपाल एमालेमै आउने, अर्को कुनै दलसँग मिल्ने वा नयाँ पार्टी दर्ता गर्ने भन्ने चर्चाकाबीच नेपालनिकट विद्यार्थी नेता जीवन राईको अध्यक्षतामा नेकपा (एकीकृत) निर्वाचन आयोगमा दर्ता भएको छ । यद्यपि, उक्त पार्टी नेपालको निर्देशन वा सक्रियतामा दर्ता भएको भन्ने खुलेको छैन । सञ्चारमाध्यमहरुबीच विभिन्न चर्चा चले पनि विद्यार्थी नेता राईले यो पार्टी दर्तामा नेपालको कुनै भूमिका नभएको दाबी गरेका छन् । संखुवासभा जिल्लाका स्थायी बासिन्दा रहेका राई नविना लामा अनेरास्ववियुको अध्यक्ष जित्दा उनको विपक्षी प्यानलबाट उपाध्यक्षमा हारेका थिए । एमालेभित्र जुझारु युवा नेताको छवि बनाएका राईसँग वेबटिभी खबरले गरेको संक्षिप्त कुराकानी:

    images

    तपाईं विद्यार्थी राजनीतिदेखि नै माधव नेपालनिकट हुनुन्थ्यो अहिले एमालेले उहाँलाई स्पष्टीकरण सोधेको अवस्था छ । के यो उहाँ (नेपाल) कै निर्देशनमा दर्ता भएको पार्टी हो ?

    होइन । यो आज दर्ता भएको पार्टी होइन । ०७ वैशाखमा दर्ता भएको पार्टी हो । माधव कमरेडसँग म नजिक छु तर पार्टी दर्ताका लागि उहाँले निर्देशन दिनुभएको होइन । उहाँलाई सोधेर पार्टी दर्ता गरेको पनि होइन ।

    तर माधव नेपाल एमालेबाट छुट्नुलाई पार्टी दर्ता गराइराखेको हो भन्ने आंशकाले पनि हेरिएको छ नि ?

    त्यो सबै प्रोपगान्डा हो । यसमा माधव नेपालको सहभागिता, हस्तक्षेप केही हुँदैन । यो उहाँको पार्टी नै होइन । मैले स्पष्ट भनिहाले नि ।

    पदाधिकारी को-को हुनुन्छ ?

    अध्यक्षमा म भइहालें, उपाध्यक्षमा कल्पना गुरुङ, महासचिव विनोद खुलाल, सचिव ऐनविक्रम कुँवर र कोषाध्यक्ष सुशील खनाल रहनु भएको छ । केन्द्रीय स्तरमा थप २० जना साथीहरु हामीसँग हुनुहुन्छ ।

    पार्टीको संरचना कस्तो हुनेछ ?

    यो सबै कुरामा हामी पदाधिकारी, साथीहरुसँग छलफलमा छौं । वैशाख सातमा पार्टी दर्ता भएको हो । तर प्रमाणपत्र आइसकेको छैन । आज या भोलिसम्ममा आउँछ होला । त्यसपछि थप छलफल हुनेछ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology