वेबटिभी खबर
काठमाडौं । सत्ता गठबन्धनको बैठक शनिबार दिउँसो ३ बजे बस्ने भएको छ । सरकार गठनको टुंगो लगाउन सकस भइरहेका बेला गठबन्धनको बैठक बस्न लागेको हो ।
नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले सरकार गठनको विषयमा छलफल गर्न गठबन्धनको बैठक दिउँसो ३ बजे बस्ने जानकारी दिए ।
राष्ट्रिपति विद्यादेवी भण्डारीले सरकार बनाउन दिएको समयसीमा भित्र सहमति जुटाउने कोसिस भइरहेको प्रवक्ता महतले बताए ।
प्रधानमन्त्रीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिला आफू प्रधानमन्त्री हुने दाबी गरेपछि सहमति हुन सकेको छैन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij