Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

कारबाही, प्रतिशोध र बदलाको राजनीतिले कसैलाई सही गन्तव्यमा पुर्याउँदैन: योगेश भट्टराई

कारबाही, प्रतिशोध र बदलाको राजनीतिले कसैलाई सही गन्तव्यमा पुर्याउँदैन: योगेश भट्टराई

  • 1.3K
    SHARES
  • कारबाही, प्रतिशोध र बदलाको राजनीतिले कसैलाई सही गन्तव्यमा पुर्याउँदैन:  योगेश भट्टराई

    काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले कारबाही, प्रतिशोध र बदलाको राजनीतिले कसैलाई पनि सही गन्तव्य नलैजाने बताएका छन् । नेता भट्टराईले आइतबार सामाजिक सञ्जाल फेसबुकमा सबै राजनीतिक दलहरूले आफ्नो विगतलाई हेर्नुपर्ने उल्लेख गरेका छन् ।

    images

    ‘कारबाही, प्रतिशोध र बदलाको राजनीतिले आजसम्म कसैलाई सही गन्तव्यमा पुर्याएको छैन र पुर्याउँदैन पनि,' भट्टराईले लेखेका छन्, ‘पौराणिक होस् वा आधुनिक बेलाका युद्धको शिक्षा यही हो ।'

    उनले सबैले आफ्नो विगतलाई हेर्नुपर्ने उल्लेख गर्दै लेखेका छन्, 'गर्दै ‘धैर्य गरौ, संवाद गरौं ।,'

    नेता भट्टराई एमालेकै माधव नेपाल पक्षमा बढी सक्रिय थिए । तर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने विपक्षी गठबन्धनको प्रस्तावमा उनले हस्ताक्षर गरेनन् ।

    भट्टराईले यतिखेर पार्टीलाई एकताबद्ध बनाउनुपर्ने विचार सामाजिक सञ्जालमार्फत् व्यक्त गर्दै आएका छन् । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology