वेबटिभी खबर
काठमाडौं । सत्ता गठबन्धनको बैठक बस्नुअघि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच ‘वान टु वान’ वार्ता सुरु भएको छ । सत्ता गठबन्धनको बैठक अघि प्रचण्ड र देउवाबीच ‘वान टु वान’ वार्ता सुरु भएको हो ।
केहीबेरपछि सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ । ‘पहिला प्रचण्ड र देउवाबीच वान टु वान वार्ता हुनेछ,’ स्रोतले भन्यो, ‘त्यसपछि एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसहित तीन नेताहरु बसेर टुंगोमा पुग्ने तयारी छ ।’
देउवा, प्रचण्ड र नेपालबीचको छलफलपछि सत्ता गठबन्धनको बैठक बस्ने छ। राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि बहुमत सांसदसहित उपस्थित हुनका लागि आज साँझ ५ बजेसम्मको समय दिएकी छिन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij