Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

सुन खानी भत्किँदा १८ जना मजदुर पुरिए

सुन खानी भत्किँदा १८ जना मजदुर पुरिए

  • 611
    SHARES
  • सुन खानी भत्किँदा १८ जना मजदुर पुरिए

    बेइजिङ । उत्तरपश्चिमी चीनको सिनजियाङ क्षेत्रमा रहेको एउटा सुन खानी भत्किँदा १८ जना मजदुर फसेका छन् । फसेका मजदुरहरूको उद्धारका लागि उद्धारकर्ता परिचालन गरिएको छ ।

    शनिबार दिउँसो काजाकिस्तानको सीमानाबाट करिब १०० किलोमिटर (६० माइल) टाढा रहेको यिनिङ काउन्टीमा खानी भत्किँदा उनीहरू पुरिएका थिए । खानी भत्केको समयमा ४० मजदुर सुरुङमा काम गरिरहेका थिए ।

    २२ जना खानी कामदारको उद्धार गरिएको र अन्य १८ जना खानीभित्र फसेका प्राप्त विवरणहरूमा जनाइएको छ ।

  • सम्बन्धित विषय:

  • # मजदुर

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij