वेबटिभी खबर
कैलाली । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले आफ्नो पार्टीबाट निर्वाचित सांसद् तथा शीर्ष नेताहरूलाई छलफलका लागि डिल्लीबजार कारागारमा बोलाएका छन् ।
चौधरीले प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा पार्टीका शीर्ष नेताहरूलाई सोमबार बिहान १० बजे डिल्लीबजार कारागारमा बोलाएका हुन् ।
केन्द्र र प्रदेश सरकारमा सहभागी हुने लगायतका बिषयमा छलफल गर्न चौधरीले कारागार बोलाएको स्रोतले जनाएको छ ।
नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बन्न नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन गरेको छ । पार्टीका मागहरू सम्बोधन गराउने लगायतका विषयमा पनि कुराकारी भएको जनाइएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij