Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

मन्त्री नियुक्त भएको चार दिनपछि मनाङेले लिए सपथ

मन्त्री नियुक्त भएको चार दिनपछि मनाङेले लिए सपथ

  • 850
    SHARES
  • मन्त्री नियुक्त भएको चार दिनपछि मनाङेले लिए सपथ

    काठमाडौं । गण्डकी प्रदेशसभा सांसद राजिव गुरुङ ‘दीपक मनाङे’ले पुनः मन्त्रीको सपथ लिएका छन् । गण्डकी प्रदेश प्रमुख सीता पौडेलले आइतबार उनलाई शपथ गराएकी हुन् ।

    उनलाइ प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङले १६ वैशाखमा युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका थिए । मन्त्रीको शपथ लिनासाथ मनाङे युवा तथा खेलकुद मन्त्रालय पुगेर कार्यभार सम्हालेका छन् ।

    २६ वैशाखमा पदबाट राजीनामा दिएका मुख्यमन्त्री गुरुङ २९ वैशाखमा पुनः नियुक्त भएपछि ५ जेठमा उनले मन्त्रिपरिषद् विस्तार गरेका थिए ।

    ५ जेठमा किरण गुरुङ, रामशरण बस्नेत, विकास लम्साल र नरदेवी पुनमगरले पद तथा गोपनियताको शपथ लिए पनि मनाङे भने सो दिन बाहिर गएकाले उनले शपथ लिन सकेका थिएनन् ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij