Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

महामारीमा रगत अभाव हुन नदिन अखिल (क्रान्तिकारी)द्वारा रक्तदान कार्यक्रम

महामारीमा रगत अभाव हुन नदिन अखिल (क्रान्तिकारी)द्वारा रक्तदान कार्यक्रम

  • 843
    SHARES
  • महामारीमा रगत अभाव हुन नदिन अखिल (क्रान्तिकारी)द्वारा रक्तदान कार्यक्रम

    काठमाडौं । माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले कोरोना महामारीको बेलामा रगत अभाव हुनसक्ने भन्दै आइतबार रक्तदान कार्यक्रम गरेको छ ।

    अखिल(क्रान्तिकारी)को केन्द्रिय स्वयंसेवक विभागले पार्टी कार्यालय पेरिशडाँडामा दिउँसो ११ देखि २ बजे सम्म रक्तदान गरेको हो ।
    महामारीका बेला रगतको कमी हुन नपाओस भनेर जनस्वास्थ्यका सबै मापदण्ड पालना गर्दै रक्तदान कार्यक्रम गरिएको संगठनका प्रवक्ता जीपी मैनालीले जानकारी दिए । 

    रक्तदान कार्यक्रम संजय काल्धन संयोजक रहेको केन्द्रीय विद्यार्थी स्वयंसेवक विभागले आयोजना गरेको हो । रक्तदानमा संयोजक काल्धन सहित अखिल क्रान्तिकारीका २६ जना नेता कार्यकर्ताहरुले रक्तदान गरेका थिए । अखिल (क्रान्तिकारी)का अध्यक्ष रन्जित तामाङ, उपध्यक्ष इन्द्र भुषाल ,कोषाध्यक्ष केशव रावललगायतका पदाधकारी र संगठनका पूर्वअध्यक्ष रमेश मल्लले पनि रगत दिएका थिए ।

    यसअघि नै कोभिड महामारीकै बेला अखिल (क्रान्तिकारी)ले दुर्लभ शाहीको संयोजकत्वमा ६१जना चिकित्सक र स्वास्थ्यकर्मी सहितको हेल्प डेस्क सातवटै प्रदेशमा स्थापना गरेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij