वेबटिभी खबर
काठमाडौं । जनता समाजवादी पार्टीको संसदीय दलको नेतामा रामसहाय प्रसाद यादव निर्विरोध निर्वाचित भएका छन् । संसदीय दलको नेता चयनका लागि यादवको मात्र मनोनयन दर्ता भएपछि उनी निर्विरोध निर्वाचित भएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।
निर्वाचन समितिले यादव निर्विरोध घोषणा गर्न भने बाँकी नै छ । अशोक राई पनि संसदीय दलको नेता बन्ने लबिङमा रहेपनि उम्मेदवारी दर्ता गर्न गएनन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij