Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

  • 349
    SHARES
  • ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

    बाँके । ट्रकको ठक्करबाट बाँकेको नेपालगञ्जमा आज एक जनाको मृत्यु भएको छ ।

    नेपालगञ्जको न्यूरोडस्थित भानुभक्त चोकमा ना७ख १७ नम्बरको ट्रकले ठक्कर दिँदा साइकलयात्री दैलेखको नारायण नगरपालिका-५ का १८ वर्षीय तेजन थापा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तिमगरले जानकारी दिए ।

    ट्रकको ठक्करबाट गम्भीर घाइते भएका मगरको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij