Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

राजनीतिमा कांग्रेसले फउल खेल्यो, हामीले रेर्डकार्ड दियौं : केपी ओली

राजनीतिमा कांग्रेसले फउल खेल्यो, हामीले रेर्डकार्ड दियौं : केपी ओली

  • 545
    SHARES
  • राजनीतिमा कांग्रेसले फउल खेल्यो, हामीले रेर्डकार्ड दियौं : केपी ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिमा फउल खेले रेडकार्ड पाइने टिप्पणी गरेका छन् ।

    आइतबार मदन भण्डारी स्पोर्ट एकेडेमीको १४औं स्थापना दिवसको अवसरमा ओलीले नेपाली कांग्रेसतर्फ लक्षित गर्दै राजनीतिमा फउल खेल्ने खेलाडी रेडकार्ड पाएर आउट भएकाे बताए ।

    मेस्सी, एम्बाप्पे, रोनाल्डोलगायत विश्वविख्यात खेलाडीहरूको उदाहरण दिँदै उनले राजनीतिमा पनि फउल खेल्ने खेलाडी उत्कृष्ट खेलाडी हुन नसक्ने बताए ।

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेको र कांग्रेस सत्ताको रिङबाट बाहिर रहेको प्रसंग कोट्याउँदै अध्यक्ष ओलीले फउल खेले राजनीतिमा पनि रेर्ड कार्ड पाइने उल्लेख गरेका छन् ।

    ‘खेलाडीले कोचले सिकाएको अनुसार चल्नपर्‍यो । ती कुरा मानेन भने खेल हुँदैन । राम्रो खेलाडी त्यो हुन्छ जसले अनुशासनको पालना गर्छ । राम्रो खेलाडीले पोस्टमा गोल हान्छ । नराम्रो खेल्ने खेलाडीले अर्काको खुटमा हान्छ । फउल खेल्ने खेलाडी उत्कृष्ट खेलाडी हुन सक्दैन । हामीलाई चाहिएको समाज फल नखेल्ने समाज । राजनीतिमा पनि फउल खेल्न हुँदैन । फउल खेल्यो भने एल्लो कार्ड, कहिलेकाहीँ त रेड कार्ड नै दिएर आउट गरिन्छ, सफल हुन अनुशासित भई निष्पक्ष तरिकाले खेल्नुपर्छ,’ उनले भने,‘कांग्रेसले नेपाली राजनीतिमा फउल खेल्याे । हामीले रेडकार्ड दिइहाल्याैं । आउट भैसक्याे ।’

  • सम्बन्धित विषय:

  • # केपी ओली

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij