Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

शुक्लाफाँटा नगरपालिकाले शीतभण्डार निर्माण गर्ने

शुक्लाफाँटा नगरपालिकाले शीतभण्डार निर्माण गर्ने

  • 349
    SHARES
  • शुक्लाफाँटा नगरपालिकाले शीतभण्डार निर्माण गर्ने

    कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरमा शीतभण्डार गृह निर्माण हुने भएको छ ।

    यसका लागि नगरपालिकाले २५ लाख रकम विनियोजन गरेको छ । वसन्त सामुदायिक वनको जग्गा चलनभोगका लागि वातावरणीय प्रभाव मूल्यांकन गर्नका लागि सम्बन्धित निकायमा पठाउने सहमति भएको हाे ।

    वडा नं(११ मा आइतबार बसेको सर्वपक्षीय बैठकमा सामुदायिक वनका उपभोक्ताले सो सहमति जनाएका हुन । वडाध्यक्ष शेरबहादुर साउदले सर्वपक्षीय बैठकले शीतभण्डार गृह निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन गर्नका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने निर्णय गरेको बताए ।

    यस पछि वडाका जनप्रतिनिधि, सामुदायिक वनका पदाधिकारी र प्राविधिकको टोलीले शीतभण्डार गृह निर्माणका लागि स्थानीय छनोट गर्ने वडाध्यक्ष साउदले जानकारी दिए ।

    छलफल कार्यक्रममा सामुदायिक वनका अध्यक्ष रनसिंह सुनारले वनलाई हानिनोक्सानी नहुने गरी शीतभण्डार निर्माणका लागि जग्गा उपलब्ध गराउन सकिने बताए ।

    ‘वन संरक्षणकर्मी भएकाले म आफैँले सामुदायिक वनमा जग्गा उपलब्ध गराउन सक्दैन, गराउछु पनि भन्न सक्दिन’,वन अध्यक्ष सुनारले भने, ‘उपभोक्ताले सहमति दिएका छन्, त्यसका लागि सम्बन्धित निकायमा पहल गर्नुपर्छ ।’

    सामुदायिक वनका पूर्वअध्यक्ष धनबहादुर बमले हानिनोक्सानी नहुने गरी उपयुक्त ठाउँमा शीतभण्डार निर्माण गरिनुपर्ने बताए । नगरपालिका क्षेत्रमा शीतभण्डार गृह नहुँदा व्यावसायिक खेतीमा संलग्न किसानले कृषिउपज, तरकारी, फलफूललगायत बाह्य क्षेत्रमा लगेर भण्डारण गर्नुपर्ने अवस्था रहेको छ ।

    स्थानीय स्तरमै शीतभण्डार गृह निर्माण भएपछि यस क्षेत्रका बासिन्दा लाभान्वित हुने भएका छन् । नगर प्रमुख रणबहादुर महराले शीतभण्डारका लागि केही रकम नगरपालिकाबाट विनियोजन गरिएको भए पनि त्यसले योजना सम्पन्न गर्न नपुग्ने भएकाले प्रदेश र संघीय सरकारलाई आग्रह गरिने जानकारी दिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij