Logo

२०७८, आषाढ ५ गते शनिवार

२०७८, आषाढ ५ गते शनिवार

एसईई परीक्षा भौतिक रूपमा गर्ने सम्भावना न्युन: शिक्षामन्त्री 

एसईई परीक्षा भौतिक रूपमा गर्ने सम्भावना न्युन: शिक्षामन्त्री 

  • 19.6K
    SHARES
  • एसईई परीक्षा भौतिक रूपमा गर्ने सम्भावना न्युन: शिक्षामन्त्री 

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले यस वर्षको एसईई परीक्षा भौतिक रूपमा गर्ने सम्भावना न्युन रहेको बताएका छन् । उनले परीक्षाका लागि विभिन्न विकल्पबारे छलफल भैरहेको जानकारी दिए । 

    राष्ट्रिय परीक्षा बोर्डले शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालको संयोजकत्वमा गठित समितिले दिएको प्रतिवेदनको आधारमा परीक्षाको मोडालिटिका विषयमा निर्णय हुने उनको भनाइ छ ।

    dumin.jpg

    एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको ज्ञापनपत्र बुझ्ने क्रममा मन्त्री श्रेष्ठले सो जानकारी दिएका हुन् । संगठनका अध्यक्ष ऐन महरसहितको टोलीले मन्त्री श्रेष्ठलाई १३ बुँदे ज्ञापनपत्र बुझाएको थियो । 

    सो क्रममा मन्त्री श्रेष्ठले एसईई र कक्षा १२ को परीक्षाको विषयमा मन्त्रालयले यही महिनाभित्र जानकारी दिने बताए ।

    ‘सबै परीक्षाको विषयमा चाँडै निर्णय गर्नेछौँ,’ मन्त्री श्रेष्ठले भने ।  

    कक्षा ८ को नयाँ मूल्यांकन विधि तयार कक्षा ८ को नयाँ मूल्यांकन विधि तयार

    एसईईपछि मात्रै नयाँ शैक्षिक सत्र एसईईपछि मात्रै नयाँ शैक्षिक सत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology