वेबटिभी खबर
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुनको मूल्य प्रतितोलामा २०० रूपैयाँले बढेको जनाएको छ ।
जसअनुसार छापावाल सुन तोलाको १ लाख ३ हजार १०० रूपैयाँ पुगेको छ । अघिल्लो दिन बुधबार छापावाल सुन तोलाको १ लाख २ हजार ९०० रूपैयाँमा कारोबार भएको थियो ।
यसैगरी तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार ६०० रूपैयाँ रहेको महासंघले जनाएको छ । बुधबार तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार ४०० रूपैयाँ निर्धारण भएको थियो ।
बिहीबार चाँदीको मूल्य तोलामा १५ रूपैयाँले घटेर १३ सय ८५ रूपैयाँ कायम भएको छ । बुधबार चाँदीको मूल्य १४०० रूपैयाँ कायम रहेको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij