Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

रेसुङ्गा विमानस्थलमा ‘डेमोस्ट्रेसन’ उडान गरिने

रेसुङ्गा विमानस्थलमा ‘डेमोस्ट्रेसन’ उडान गरिने

  • 359
    SHARES
  • रेसुङ्गा विमानस्थलमा ‘डेमोस्ट्रेसन’ उडान गरिने

    गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलमा आइतबार नमुना (डेमोस्ट्रेसन) उडान गरिने भएको छ ।

    रेसुङ्गा नगरपालिका-१० सिमिचौरमा निर्माण गरिएको विमानस्थलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एयरको ट्वीनअटर जहाजले डेमोस्ट्रेसन उडान गर्न लागेको हो ।

    डेमोस्ट्रेसन उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र तारा एयरलाइन्सबीच रेसुङ्गा नगरपालिकाको तर्फबाट सम्झौता भएको रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले जानकारी दिए ।

    प्रमुख पन्थीका अनुसार आइतबार बिहान ११ बजे डेमोस्ट्रेसन उडानको गरिन लागेको छ । उक्त जहाज काठमाडौंबाट गुल्मी आइपुग्न ५० मिनेटको समय लाग्ने प्राधिकरणले जनाएको छ ।

    आइतबार डेमोस्ट्रेसन उडान गरेसँगै नियमित उडानका लागि प्रक्रिया थालिने यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए ।

    जहाजमा गुल्मी जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारी, गोकर्णराज विष्ट, एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवाली, नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री, प्रदेशसभा सदस्य धनेन्द्रबहादुर कार्कीलगायत तारा एयर र नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीसमेत आउने बताइएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij