काठमाडौं । ग्राहकहरूलाई सबैभन्दा किफायती र आकर्षक इन्टरनेट प्याकेजहरू प्रदान गर्दै आएको इन्टरनेट सेवा प्रदायक, सिजीनेटले नेपालकै पहिलो पोस्टपेड इन्टरनेट सेवा सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत, कम्पनीले रु १०४९ मा २५० एमबीपीएस इन्टरनेट र रु. १ हजार १५४ प्रति महिनामा २५० एमबीपीएस र आईपीटिभी प्रदान गर्ने जनाएको छ ।
कम्पनीका अनुसार, यो योजनाले कम मूल्यमा उच्च गतिको इन्टरनेट खोज्ने ग्राहकहरूले अब एकमुष्ट रकम नतिरेर मासिक आधारमा भुक्तानी गर्न सक्ने भएकाले पोष्टपेड प्लानबाट उच्च लाभ लिन सक्नेछन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology