वेबटिभी खबर
पोखरा । गण्डकी प्रदेशमा सत्तारुढ गठबन्धनको तर्फबाट एमाले नेता खगराज अधिकारी मुख्यमन्त्री बन्ने पक्कापक्की भएको छ । अधिकारीले आजै बेलुका वा सोमबार बिहानै मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी भएको सत्ता गठबन्धनका एक नेताले बताए ।
‘गण्डकीको मुख्यमन्त्री खगराज अधिकारी हुनुहुन्छ । केन्द्रमा उहाँलाई नै मुख्यमन्त्री बनाउने सहमति जुटिसकेको छ । सत्ता गठबन्धनको औपचारिक निर्णय आजै बेलुकासम्म आएपछि हामीहरू दाबी पेस गर्न जान्छौँ,’ ती नेताले भने ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij