Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

कोभिड नियन्त्रणका लागि चीनले के गर्दैछ ?

कोभिड नियन्त्रणका लागि चीनले के गर्दैछ ?

  • 340
    SHARES
  • कोभिड नियन्त्रणका लागि चीनले के गर्दैछ ?

    चीन । चीनले पछिल्लो समयमा विस्तारित भएको कोभिड–१९ को संक्रमणको नियन्त्रणका लागि कोरोनाविरूद्धको खोपको बुस्टर मात्रा लागाउनुपर्नेमा जोड दिएको छ ।

    चीनले हालै सार्वजनिक गरेको कोरोना नियन्त्रणसम्बन्धी प्रोटोकलमा सो कुरामा जोड दिइएको । चीन सरकारले हाल विस्तारित भएको सो संक्रमणको नियन्त्रण गर्न बुस्टरकै दोस्रो मात्रा लागाउनुपर्ने तथा हरेक व्यक्तिले व्यक्तिगत सुरक्षा अपनाउनुपर्ने जनाइएको हो ।

    सो प्रोटोकलअनुसार कोभिड नियन्त्रणसम्बन्धी निकायले बढी उमेरका नागरिकलाई यस कार्यका लागि बढी मात्रामा जोड दिएको छ । सो उमेरका नागरिकलाई खोपको बुस्टर मात्रा दिनुपर्ने र पहिलो बुस्टर मात्रा लगाएकाहरूलाई पनि दोस्रो मात्रा दिइनुपर्ने सो विभागले जनाएको छ ।

    यसका साथै हरेक व्यक्तिले आफ्नो सुरक्षातर्फ आफैं सतर्क र सजग हुनुपर्नेमा पनि जोड दिइएको सो समाचारमा जनाइएको छ ।सो प्रोटोकलअनुसार यहाँका स्वास्थ्य अधिकारीहरूले अब कोरोनाविरूद्धको खोप नलगाएका मानिसहरूको खोजी गरी सो खोप लगाउने र यदि पहिलो मात्राको बुस्टर खोप लगाएका व्यक्ति छन् भने उनीहरूलाई सो खोप लगाएको छ महिनापछि अर्को मात्रा लगाइने जनाएका हुन् ।

    त्यसैगरी व्यक्तिगत रूपमा यो महामारीको नियन्त्रणका लागि व्यक्तिले पनि पहल गर्नुपर्ने र यसका लागि उनीहरूले अनिवार्य मात्रामा मास्क लगाउनुपर्ने तथा हात धुने या सरसफाई रहनुपर्नेमा पनि जोड दिइएको छ ।

    पछिल्ला केही दिनयता चीनमा व्यापक मात्रामा कोरोनाका संक्रमितहरू बढिरहेका बताइएको छ । त्यसपछि चीन सरकारले यो नयाँ स्वास्थ्य प्रोटोकल जारी गरेको जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij