Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

सुनचाँदी व्यवसायीलाई पसलबाटै अपहरण गर्ने प्रयास

सुनचाँदी व्यवसायीलाई पसलबाटै अपहरण गर्ने प्रयास

  • 777
    SHARES
  • सुनचाँदी व्यवसायीलाई पसलबाटै अपहरण गर्ने प्रयास

    सर्लाही । सर्लाहीको पूर्व–पश्चिम राजमार्गमा पर्ने नवलपुर चोकमा सुनचाँदी पसल चलाइरहका व्यापारीलाई अपहरण गर्ने प्रयास स्थानीयको अवरोधले असफल भएको छ । आइतबार साँझ ६ बजेतिर जिपमा आएका केही व्यक्तिले उनलाई अपहरण गर्ने प्रयास गरेका थिए । 

    images

    सुनचाँदी व्यवासायी गुड्डु साह पसल बन्द गर्ने तरखरमा थिए । त्यही बेला पसल अघि रोकेको जिपबाट उत्रेर एक जना आएर ‘डिआईजी साहेवले भेट्न खोज्नु भएको छ’ भनेर उनलाई जिपतिर लग्छन् । ‘नमस्कार भन्दै म जिप नजिक पुग्दा आँखामात्र ढाकिने गरी मुख छोपेको मान्छे गाडिभित्र देखेपछि म डराएँ,’ अपहरण गर्न प्रयास गरिएका गुड्डु साहले भने, ‘त्यसपछि मलाई जवर्जस्ती गाडिमा राख्ने प्रयास भयो । मेरो प्रतिकार र पसलमा रहेका मेरा साथीहरुको मद्दतले म जोगिएँ । भिड जुट्न थालेपछि उनीहरु भागे ।’

    सोही क्रममा अपहरण गर्न आएकामध्ये एक जनालाई स्थानीयले समातेर प्रहरीको जिम्मा लगाएका छन् । स्थानीयले समातेका व्यक्ति भारतीय नागरिक भएको साहले बताए । अपहरण गर्ने प्रयासका सिसिभिटी फुटेजसमेत रहेको साहले बताए । ‘अपहरण प्रयास भएको सिसिटिभी फुटेजबाटै प्रमाणीत हुन्छ,’ साहले भने, ‘पसलबाट बोलाएको र गाडिमा जवर्जस्ती राख्न खोजेको भिडियो सिसिटिभी फुटेजमा आएको छ ।’ 

    व्यपारीलाई सम्साँझै अपहरण गर्ने प्रयास भएको भन्दै व्यापारीहरुको संगठनले आपत्ति जनाएको छ । यही विषयमा छलफल गर्न सोमबार व्यापारीहरुको भेला डाएिको छ ।

  • सम्बन्धित विषय:

  • # अपहरण

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology