Logo

२०७८, आषाढ ५ गते शनिवार

२०७८, आषाढ ५ गते शनिवार

कोभिड-१९ को संक्रमणबाट बच्न झ्याल-ढोका पनि खुला राखाैं

कोभिड-१९ को संक्रमणबाट बच्न झ्याल-ढोका पनि खुला राखाैं

  • 325
    SHARES
  • कोभिड-१९ को संक्रमणबाट बच्न झ्याल-ढोका पनि खुला राखाैं

    काठमाडाैं । कोरोना संक्रमणको दोस्रो लहर केही हदसम्म नियन्त्रणमा आइरहेको देखिन्छ ।

    पछिल्लो समय संक्रमित हुनेको संख्यामा पनि कमी आएको छ । तर हाम्रो सानो लापरबाहीले कोरोना संक्रमणको जोखिमलाई बढवा दिन सक्छ । 

    संक्रमितमा केही कमी आए पनि आइसोलेसनमा बस्नेको संख्या भने लाख बढी छ । संक्रमण कसरी फैलिरहेको छ ? यसबारे जान्न जरुरी छ ।

    हामी घर, अफिसमा कोरोना संक्रमणबाट कसरी बच्न सक्छौं ? संक्रमणबाट बच्न कस्ता सर्तकता अपनाउन सक्छौं, त्यसबारे जान्नु आवश्यक छ ।  

    कसरी फैलिन्छ भाइरस ?  

    covid1-01.jpg

    एरोसोल

    हावामा सानो-सानो ग्याँसिय तरल पदार्थ हुने गर्छ । जसलाई एरोसोल भनिन्छ । कोरोना भाइरस एरोसोलको माध्यमबाट एकबाट अर्को ठाउँमा जाने गर्छ ।

    थुकका छिटा

    हामीले खोक्दा वा हाच्छ्यु गर्दा मुखबाट साना-साना थुकका छिटा बाहिर निस्कन्छन् । कोरोना संक्रमित व्यक्तिले खोक्दा भाइरस थुकका छिटा मार्फत् अन्य व्यक्तिमा सर्न सक्छ । 

    सतहबाट

    आँखा, नाकलाई बारम्बार छुँदा पनि कोरोना संक्रमणको जोखिम हुन्छ । ढोकाको ह्यान्डल, लिफ्टको बटन जस्ता अन्य सतही ठाउँबाट कोरोना संक्रमणको जोखिम उच्च हुन्छ । 

    बन्द कोठामा कोभिड संक्रमणको जोखिम बढी हुन्छ । हाम्रो घरमा ताजा हावा भित्र-बाहिर जान सक्ने हुनुपर्छ । कोठामा ताजा हावा आवतजावत भइरहे कोरोना संक्रमण हुने जोखिम कम हुन्छ । 

    कोठामा कस्तो भेन्टिलेसन हुनुपर्छ ? 

    covid-01.jpg

    कमजोर भेन्टिलेसन

    कमजोर भेन्टिलेसनमा झ्याल ढोका पूर्ण रूपमा बन्द हुन्छन् । ताजा हावा प्रवाह नहुँदा कोरोना संक्रमणको जोखिम उच्च हुन्छ । 

    सुरक्षित भेन्टिलेसन

    घरको झ्याल, ढोका पूर्ण रूपमा खुल्ला गरेको बेला कोरोना संक्रमण हुने अवस्था कम हुन्छ । खुल्ला रूपमा हावाको प्रवाह हुँदा संक्रमणको जोखिम न्युन हुन्छ । 

    उत्तम भेन्टिलेसन

    झ्याल, ढोका पूर्ण रूपमा खुल्ला भएको र झ्यालतिर एग्जाँस्ट फ्यान (प्रायः भान्सा कोठामा धुँवा बाहिर फाल्न सहजताको लागि ) प्रयोग गरिएको हुन्छ । हामीले आफू बस्ने कोठामा पनि एग्जाँस्ट फ्यानको प्रयोग गर्नुपर्छ । 

    सानो घरमा कस्तो भेन्टिलेसन प्रभावकारी ?

    कमजोर भेन्टिलेसन

    एउटा पनि भेन्टिलेसन वा झ्याल नभएको घरमा ताजा हावा प्रवाहमा अवरोध उत्पन्न हुन्छ । यस्तो अवस्थामा कोरोना भाइरस सजिलै फैलिन सक्ने हुन्छ ।

    राम्रो भेन्टिलेसन

    कोठामा झ्याल, ढोका खुल्ला भए ताजा हावा आवत-जावतमा सहज हुन्छ । यसले कोरोना संक्रमणको जोखिम कम हुन्छ ।

    उत्तम भेन्टिलेसन

    झ्यालको नजिक एग्जाँस्ट पंखा लगाउँदा कोठामा भएको हावा बाहिर जान्छ । यसले गर्दा कोठामा ताजा हावा आवत-जावतमा बढोत्तरी हुन्छ । 

    अफिसको भेन्टिलेसन

    कमजोर भेन्टिलेसन

    एसी चालू भएको अवस्थामा अफिसको सबै झ्याल, ढोका बन्द हुन्छन् । यस्तो अवस्थामा बाहिरको हावा भित्र आउन पाउँदैन । यसले कोरोना भाइरस संक्रमणको जोखिम उच्च हुन्छ ।

     उचित भेन्टिलेसन

    एसीमा सहि फिटिङ वा फिल्टर लगाउनु पर्छ । यसले स्वच्छ हावा फिल्टर भएर प्रवाह हुन्छ । समय-समयमा फिल्टरको सरसफाई गर्दै चेकजाँच पनि गर्दै गर्नुपर्छ । पंखा हुन पनि जरुरी हुन्छ । 

    अन्य क्षेत्रमा भेन्टिलेसनको आवश्यकता

    -यात्रा गरिहेको बेला बस, कारको सबै झ्याल खुल्ला राख्नुपर्छ, 

    -एसी भएको बसमा पंखा हुनुपर्छ । यससँगै एसीमा फिल्टर पनि लगाएको हुनुपर्छ । 

    -कोरोना भाइरस बिरुद्दको खोप सञ्चालन भएको स्थानमा ताजा हावा प्रवाह हुने  हुनुपर्छ ।

    -कोठामा खोप अभियान सञ्चालन भइरहेको भए झ्याल, ढोका खुल्ला राख्नुपर्छ । 

    मास्कको सहि प्रयोग 

    -सर्जिकल मास्कको माथिबाट कपडाको मास्क लगाउनु पर्छ । एकै पटक कपडाको दुईवटा मास्क पनि प्रयोग गर्न सक्छौं,

    -मास्कले नाक, मुख राम्रोसँग ढाकेको हुनुपर्छ । मास्कको छेउछोबाट हावा पास भइरहेको भए राम्रोसँग फिटिङ गरेर लगाउनु पर्छ ।

    -सर्जिकल मास्कलाई धोएर लगाउनु हुँदैन । कपडाको मास्कलाई धोएर लगाउन सकिन्छ ।  

    एजेन्सीको सहयोगमा 

  • सम्बन्धित विषय:

  • # कोभिड-१९

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology