Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

गृहमन्त्रीको निर्देशनपश्चात मिटरब्याजीलाई कारबाही गर्दै महोत्तरी प्रशासन

गृहमन्त्रीको निर्देशनपश्चात मिटरब्याजीलाई कारबाही गर्दै महोत्तरी प्रशासन

  • 282
    SHARES
  • गृहमन्त्रीको निर्देशनपश्चात मिटरब्याजीलाई कारबाही गर्दै महोत्तरी प्रशासन

    महोत्तरी । गृहमन्त्रीको निर्देशनपश्चात जिल्ला प्रशासन कार्यालय महोत्तरीले मिटरब्याजी उपर कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

    कार्यालयमा हालसम्म दुई सय ३४ मिटरब्याजीसम्बन्धी उजुरी परेको र प्राप्त उजुरीउपरको कारबाही प्रक्रिया द्रुतगतिका साथ अगाडि बढाइएको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले बताए ।

    उनले मिटरब्याजसम्बन्धी प्राप्त उजुरीसँग सम्बन्धित व्यक्तिलाई त्यस कार्यालयबाट पत्राचार गर्ने, बोलाउने तथा छलफल गराउने तथा छानबिन प्रक्रिया जस्ता काम-कारबाही अगाडि बढाइएको जानकारी दिए ।

    उनका अनुसार कार्यालयबाट ४९ जनालाई पत्राचार गरिसकिएको र चारवटा मुद्दामा सहमति भएको छ । त्यस्तै प्राप्त उजुरीमध्ये ३६ मुद्दा प्रक्रियामा अदालतमा गइसकेको र पाँच उजुरीको मुद्दा अदालतमा चलिरहेको अवस्थामा रहेको उनको भनाइ छ ।

    बाँकी उजुरीउपर कार्यालयले दुवै पक्ष विपक्षलाई बोलाएर काम अगाडि बढाइरहेको जनाइएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij