वेबटिभी खबर
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने निर्णय गरेकाे छ ।
लोसपाका एक सांसदले विश्वासको मत दिने तर प्रतिपक्षमा बस्ने निर्णय भएको बताए ।
लोसपाका अध्यक्ष महन्त ठाकुरले विश्वासको मत दिने तर प्रतिपक्षमा बस्ने निर्णय गरेको उनले बताए ।
यसअघि लोसपाको संसदीय दलको बैठकले अध्यक्ष ठाकुरलाई विश्वासको मतबारे निर्णय गर्ने अधिकार थियो ।
प्रधानमन्त्री प्रचण्डले आज प्रतिनिधि सभामा विश्वासको मत लिँदै छन् ।
उनलाई नेकपा एकीकृत समाजवादी पार्टीले सर्तसहित विश्वासको मत दिने निर्णय गरिसकेको छ भने नेपाली कांग्रेसले दिन वा नदिने भन्ने विषयमा छलफल गरिरहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij