Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

श्रीमानले कुटपिट गर्दा श्रीमतीको मृत्यु

श्रीमानले कुटपिट गर्दा श्रीमतीको मृत्यु

  • 275
    SHARES
  • श्रीमानले कुटपिट गर्दा श्रीमतीको मृत्यु

    झापा । झापाको अर्जुनधारा नगरपालिकामा एक व्यक्तिले घरायसी विवादमा कुटपिट गरेर श्रीमतीको हत्या गरेका छन् ।

    इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक रुगमबहादुर कुँवरका अनुसार अर्जुनधारा निवासी विश्वराज घिसिङले ३६ वर्षीया श्रीमती प्रमिला भुजेल घिसिङको हत्या गरेका हुन् ।

    गएराति घरायसी विवादमा विश्वराजले श्रीमती प्रमिलालाई पेट र छातीमा लात्ती प्रहार गरेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    श्रीमतीको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले विश्वराजलाई राति नै नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक कुँवरले जानकारी दिए ।

    भोजपुरको अरुण गाउँपालिका-१ स्थायी घर भएका घिसिङ विगत दुई वर्षदेखि अर्जुनधारामा डेरामा बसेर निर्माण क्षेत्रमा ज्याला मजदुरी गर्दै आएको बताइएको छ ।

  • सम्बन्धित विषय:

  • # श्रीमान

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij