Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

सम्बन्धविच्छेदको संख्या बढेसँगै नागरिकतामा नाम फेर्नेको संख्या बढ्यो

सम्बन्धविच्छेदको संख्या बढेसँगै नागरिकतामा नाम फेर्नेको संख्या बढ्यो

  • 368
    SHARES
  • सम्बन्धविच्छेदको संख्या बढेसँगै नागरिकतामा नाम फेर्नेको संख्या बढ्यो

    रोल्पा । रोल्पामा दोस्रो श्रीमानको नामबाट नागरिकता लिने महिलाको संख्या बढ्दै गएको छ । जिल्लामा सम्बन्धविच्छेदको संख्या बढेसँगै नागरिकतामा नाम फेर्नेको संख्या पनि बढेको हो ।

    पहिलो श्रीमानबाट सम्बन्धविच्छेद गरेसँगै दोस्रो विवाह गर्नेहरू नेपाली नागरिकताको प्रमाणपत्रमा दोस्रो श्रीमानको नाम कायम गर्न जिल्ला प्रशासन कार्यालय धाउने गरेका छन् ।

    जिप्रका रोल्पाका अनुसार अघिल्लो आर्थिक वर्ष पहिलो श्रीमानको नाम हटाइ दोस्रोको नाम कायम भई एक हजार आठ सय १० वटा नागरिकता जारी भएको थियो ।

    त्यस वर्ष जिल्ला प्रशासन कार्यालय रोल्पाबाट कूल सात हजार तीन सय ९४ वटा नयाँ नागरिकता जारी भएको थियो । यसैगरी तीन हजार ३९ वटा प्रतिलिपि नागरिकता जारी भएको थियो ।

    ‘जिल्लामा सानै उमेरमा विवाह गर्ने र उमेर पुगेसँगै सम्बन्धविच्छेद गर्ने मात्रा बढेसँगै स्थानीय तहको सिफारिससँगै नागरिकतामा पहिलो श्रीमानको नाम हटाइ दोस्रो श्रीमानको नाम कायम गर्नेको संख्या पनि बढिरहेको छ’, प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले भने ।

    जिल्लामा वर्षभर जारी हुने प्रतिलिपि नागरिकतामध्ये करिब ६० प्रतिशत प्रतिलिपि नागरिकता पहिलो श्रीमानको नाम हटाइ दोस्रो श्रीमानको नाम कायम गर्ने गरी आउने गरेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij