Logo

२०८१, बैशाख ६ गते बिहिवार

२०८१, बैशाख ६ गते बिहिवार

बाग्मतीका मुख्यमन्त्री जम्कट्टेलले माघ ३ गते विश्वासको मत लिने

बाग्मतीका मुख्यमन्त्री जम्कट्टेलले माघ ३ गते विश्वासको मत लिने

  • 258
    SHARES
  • बाग्मतीका मुख्यमन्त्री जम्कट्टेलले माघ ३ गते विश्वासको मत लिने

    काठमाडौं । बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आगामी ३ माघमा विश्वासको मत लिने भएका छन् ।

    images

    प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार दुई मन्त्रीसहित मुख्यमन्त्री जम्कट्टेललाई पद तथा गोपनीयताको शपथ खुवाएका थिए ।

    बाग्मती प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले मुख्यमन्त्रीले विश्वासको मत लिने निर्णय भएको जानकारी दिए ।

    ३ माघमा विश्वासको मत लिने बारेमा प्रदेश सभा सचिवालयलाई समेत जानकारी गराइएको उनले बताए ।

    मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मन्त्रालयको संख्यासँगै बाँडफाँड पनि टुंग्याइने भएको छ ।

    प्रदेशमा रहेका १४ वटा मन्त्रालयलाई घटाएर ११ मा ल्याउने तयारी भइरहेको छ ।

    मंगलबार बसेको प्रदेश सरकारको पहिलो बैठकले प्रदेशको १४ वटा मन्त्रालयलाई घटाउने निर्णय गरेको थियो । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology