Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

कपाल फुलेको छ ? आलु खानुस् 

कपाल फुलेको छ ? आलु खानुस् 

  • 1.1K
    SHARES
  • कपाल फुलेको छ ? आलु खानुस् 

    आलुमा धेरै पौष्टिक तत्व हुन्छ । यसमा पोटासियम, भिटामिन ए, भिटामिन बी पर्याप्त मात्रामा पाइन्छ । आलुमा म्याग्नेशियम, फस्फोररस, आइरन, कार्बोहाइड्रेट र प्रोटिन पनि पाइन्छ । आलुलाई तरकारीको राजा मानिन्छ । यो स्वादिष्ट हुन्छ । साथै आलू औषधीय गुणले भरिपूर्ण हुन्छ ।

    तौल बढाउन उपयोगी

    आलु तौल बढाउने स्वस्थ विकल्प हो । आलु मुख्य रूपमा कार्बोहाइड्रेटबाट बनेको हुन्छ । यसमा धेरै कम मात्रामा प्रोटिन हुन्छ । आलु दुब्लो, पातलो व्यक्तिको लागि महत्वपूर्ण भोजन हुन्छ । जसले तौल बढाउन मद्दत पुग्छ । 

    कपालको लागि उपयुक्त

    आलुको दैनिक सेवनले उमेरभन्दा पहिले कपाल फुल्नबाट बचाउँछ । आलुको बाहिरी भागलाई राम्रोसँग उमाल्नु पर्छ । उक्त उमालेको पानीलाई एउटा भाडामा राख्नुपर्छ । कपालमा स्याम्पू लगाइ सकेपछि उमालिएको उक्त पानीले कपाल धुनुपर्छ । यसले प्रक्रियाबाट कपालको प्राकृतिक सोन्दर्य बचिरहन्छ ।  

    पाचन प्रक्रिया बलियो

    आलूमा कार्बोहाइड्रेट पाइने भएकाले यो पाचन प्रक्रियाको लागि उपयुक्त हुन्छ । उमालेको आलुमा फाइबर बढी पाइन्छ । जसले कब्जियतको समस्यालाई निर्मूल पारेर पाचन प्रक्रियालाई बलियो बनाउँछ । 

    छालाका लागि उत्तम 

    भिटामिन सी, भिटामिन ए कम्प्लेक्सका साथै पोटासियम, म्याग्नेसियम, फस्फोरस जस्ता खनिज तत्व छालाका लागि उपयुक्त मानिन्छन् । काँचो आलुका पेस्ट बनाएर अनुहारमा लगाउनले सफा, चम्किला्े बनाउँछ ।  यसले अनुहारमा भएका दागलाई पनि हटाउँछ । 

    कोलेस्ट्रोललाई नियन्त्रण

    आलुमा फाइबर पाइने भएकाले कोलेस्ट्रोललाई कम गर्छ । आलूमा घुलनशील र अघुलनशील दुइवटै फाइबर हुन्छ । जसले कोलेस्ट्रोलको मात्रालाई सन्तुलित बनाइराख्छ । 

  • सम्बन्धित विषय:

  • # आलु

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij