Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

शिक्षक, विद्यालय कर्मचारी र इसीडी शिक्षकहरूको तलबबारे बाेल्याे महासंघ

शिक्षक, विद्यालय कर्मचारी र इसीडी शिक्षकहरूको तलबबारे बाेल्याे महासंघ

  • 4.8K
    SHARES
  • शिक्षक, विद्यालय कर्मचारी र इसीडी शिक्षकहरूको तलबबारे बाेल्याे महासंघ

    काठमाडौं । नेपाल शिक्षक महासंघले उच्च स्तरीय तलब सुविधा आयोगलाई निजामती सेवाका कर्मचारी र शिक्षकबीच समान तहका बिचमा ग्रेड संख्या बराबर गराउन सुझाव दिएको छ ।

    images

    महासंघले सामुदायिक विद्यालयका शिक्षकको हकमा समान तहका निजामती कर्मचारीको भन्दा अन्तिम ग्रेड संख्या कम रहेकोले सो ग्रेड संख्या वृद्धि गरी ग्रेड बराबर गर्न सुझाव दिएको हो ।

    साथै बालविकास तह (इसीडी) का शिक्षकलाई हाल पारिश्रमिक स्वरूप मासिक १५ हजार दिइरहेकोमा निजहरूलाई प्राथमिक तह तृतीय श्रेणी शिक्षक बराबर रकम पारिश्रमिक उपलब्ध गराउन सुझाएको छ ।

    त्यसैगरी शिक्षकहरूको तहगत बढुवामा प्रबन्ध भएअनुसार तलबमानमा फरक रहेको हुँदा तह र श्रेणी अनुसार तलबमान मिलाउनुपर्ने सुझाव पेश गरेको छ ।

    हेर्नुहोस् पत्र

    teacher (2).jpg

    teacher (1).jpg
     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology