Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडकाे एकीकृत कारोबार सुरु

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडकाे एकीकृत कारोबार सुरु

  • 356
    SHARES
  • नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडकाे एकीकृत कारोबार सुरु

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक लिमिटेड एकापसमा गाभिएसँगै आजदेखि ‘नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड’का नाममा एकीकृत कारोबार सुरु गरिएको छ ।

    काठमाडौंमा आज आयोजित एक कार्यक्रममा नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले संयुक्त रूपमा एकीकृत कारोबार सुरु भएको  घोषणा गरेका हुन् ।

    दुई बैंक गाभिएर बनेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड, कुल सम्पत्ति चार खर्ब ७१ अर्ब र कूल पुँजी ५८ अर्ब पुगेको छ । त्यस्तै कूल निक्षेप तीन खर्ब ६० अर्ब र कूल कर्जा तीन खर्ब २९ अर्ब रहेको बैंकले जनाएको छ ।

    मर्जरपछि यो बैंकको शाखा सञ्जाल दुई सय ९६, एक्सटेन्सन काउन्टर ५९, एटिएम दुई सय ७९ र ग्राहक संख्या ३० लाखभन्दा बढी रहेको पनि बैंकले जनाएको छ । दुई बैंकबीच शेयर स्वाप अनुपात १००ः९० रहने गरी  मर्जर सम्झौता भएको थियो ।

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको अध्यक्षमा साविक इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पाँडे र प्रमुख कार्यकारी अधिकृतमा ज्योतिप्रकाश पाण्डे रहेका छन् । नयाँ सञ्चालक समितिमा दुवै बैंकका सञ्चालकको प्रतिनिधित्व रहने छ ।

    त्यसमा इन्भेष्टमेन्ट बैंकका तर्फबाट प्रजन्य राजभण्डारी र कविकुमार टिब्रेवाला तथा मेगा बैंकका तर्फबाट गोपाल खनाल, मदनकुमार आचार्य र मुक्तिराम पाण्डे छन् ।

    यस्तै साविक नेपाल इन्भेष्टमेन्ट बैंकमा स्वतन्त्र सञ्चालकका रूपमा रहेकी मञ्जु बस्नेत अब बन्ने सञ्चालक समितिमा पनि स्वतन्त्र सञ्चालकका रूपमा रहने छिन् ।

    एकीकृत कारोबार शुभारम्भ कार्यक्रममा बैंकका अध्यक्ष पाँडेले यो मर्जरले वित्तीय क्षेत्रमा थप ऊर्जा प्रदान गर्नुका साथै नेपाल राष्ट्र बैंकको मर्जर नीतिलाई थप उत्साह प्रदान गरी अन्य बैंकलाई पनि मर्जरका लागि प्रेरित गरेको बताए ।

    मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले यो मर्जर देशको बैंकिङ क्षेत्र र अर्थतन्त्रका लागि सुखद एवम् सकारात्मक कदम भएको बताए ।

    मर्जरपछि दुवै बैंकका असल परम्परा, ग्राहकको सेवा, कर्मचारी व्यवस्थापन जस्ता सकारात्मक पक्षलाई अङ्गिकार गर्नुका साथै शेयरधनीलाई प्रतिफलमा न्यायोचित वृद्धि गर्दै जाने उनको भनाइ छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij