वेबटिभी खबर
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले फरार सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको बताएका छन् ।
बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा सञ्चारकर्मीहरू सँगको कुराकानीमा गृहमन्त्री लामिछानेले फौजदारी मुद्दाका आरोपी सांसद महतोलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिइसकेको बताएका हुन् ।
उनले भने, ‘मैले देखिन । सञ्चार माध्यमबाट थाहा पाएपछि आईजीपीलाई फोन गरेर पक्राउ गर्न निर्देशन दिइसकेको छु ।’ ती सांसदले मंगलबार संसद् भवनमागएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पक्षमा विश्वासको मत दिएका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij