Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

माओवादीका कृष्ण धिताल गण्डकीको सभामुख बन्ने पक्का

माओवादीका कृष्ण धिताल गण्डकीको सभामुख बन्ने पक्का

  • 327
    SHARES
  • माओवादीका कृष्ण धिताल गण्डकीको सभामुख बन्ने पक्का

    कास्की । नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सांसद कृष्ण धिताल गण्डकी प्रदेशको सभामुख बन्ने पक्का जस्तै भएको छ । दलको नेता बनेर मन्त्री हुने योजनामा रहेका धिताल दलको नेतामा हरि चुमान निर्वाचित भएपछि सभामुख बन्ने बताइएको छ ।

    यद्यपी अहिले पनि धिताल मन्त्री बन्ने योजनामा छन् । पार्टीभित्र उनलाई सभामुख बन्न दवाब दिएकाे छ । धितालले पनि पार्टीले गरेको निर्णय मान्ने बताएका छन् ।

    ‘उहाँलाई सभामुख बन्नुस् भनेका छौँ । अझै मन्त्रीकै पक्षमा हुनुहुन्छ,’ एक सांसदले भने, ‘तर पार्टीले निर्णय गरेपछि स्वीकार गर्छु भन्नुभएको छ ।’ गण्डकीमा पाँचै वर्ष सभामुख माओवादीले पाउने निर्णय शीर्ष नेताहरूको छ ।

    यहाँको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारीले शपथ लिइसकेका छन् । माओवादीबाट दलका नेता चुमानले सरकारमा प्रतिनिधित्व गरेका छन् । सभामुखको निर्वाचन भने माघ २ भित्र सक्नुपर्छ ।

    संविधान अनुसार पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख निर्वाचित भैसक्नुपर्ने व्यवस्था छ ।

    १८ पुसमा बसेको पहिलो बैठक हिसाव गर्दा २ माघ कटाउन मिल्दैन । सकेसम्म विदाकै दिन भएपनि बैठक बसेर सभामुख चयन गरिने संसद सचिवालयले जनाएको छ ।

    यद्यपी दलहरुबीच बैठक बस्न बाँकी रहेको बताइएको छ । धिताल गोरखा १ (१)बाट निर्वाचित भएका हुन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij