Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

गर्भवती र विपन्नलाई निःशुल्क एम्बुलेन्स सेवा

गर्भवती र विपन्नलाई निःशुल्क एम्बुलेन्स सेवा

  • 500
    SHARES
  • गर्भवती र विपन्नलाई निःशुल्क एम्बुलेन्स सेवा

    पर्वत । पर्वतको मोदी गाउँपालिकाले पहिलोपटक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । नागरिकलाई स्थानीय सरकारको प्रत्याभूति दिलाउनका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको हो ।

    पालिकाभर अहिलेसम्म एम्बुलेन्स नहुँदा स्थानीय गर्भवती, बिरामी, घाइते तथा अपांगता भएकालाई अस्पतालसम्म पुर्‍याउन समस्या हुँदै आएको थियो । गाउँपालिकाको चालु आर्थिक वर्षको योजनाअन्तर्गत एम्बुलेन्स खरिद गरिएको गाउँपालिकाका उपाध्यक्ष विमल लामिछानेले जानकारी दिए ।

    सुत्केरी, विपन्न, अपांगता भएका बिरामीलगायतलाई अस्पताल पुर्‍याउन निःशुल्क सेवा दिने उद्देश्यले एम्बुलेन्स खरिद गरिएको उपाध्यक्ष लामिछानेले बताए । १४ लाखमा खरिद गरिएको एम्बुलेन्सले यसै सातादेखि सेवा प्रदान गर्ने भएको छ ।

    गाउँ कार्यपालिकाको बैठकले एम्बुलेन्स सञ्चालन कार्यविधि बनाएको छ । यसबाट मोदीका आठवटै वडाका नागरिक लाभान्वित हुने छन् ।

    मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्डमा हुने दुर्घटनाका घाइतेलाई पनि तत्काल उद्धार गर्न मद्दत पुग्ने गाउँपालिकाका अध्यक्ष हीरादेवी शर्माले बताइन् । यसअघि जलजला गाउँपालिकाले पनि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij