Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

गत साता विश्वभर कोरोना संक्रमण र मृत्युदरमा कमी 

गत साता विश्वभर कोरोना संक्रमण र मृत्युदरमा कमी 

  • 582
    SHARES
  • गत साता विश्वभर कोरोना संक्रमण र मृत्युदरमा कमी 

    काठमाडौं । पछिल्लो साता विश्वभर कोरोना भाइरसबाट संक्रमित हुने र मृत्यु हुनेको संख्यामा कमी आएको छ । यस क्रममा १४ लाख नयाँ संक्रमित थपिएका छन् र ८४ हजारको ज्यान गएको छ । योभन्दा अघिल्लो साताको तुलनामा नयाँ संक्रमितको संख्या १४ प्रतिशत र मृत्यु हुनेको संख्या २ प्रतिशतले कमी आएको छ । 

    images

    विश्व स्वास्थ्य संगठनको साप्ताहिक रिपोर्टअनुसार यस साता युरोपेली क्षेत्रमा नयाँ संक्रमित तथा मृत्यु सबैभन्दा कम रहेको छ भने दक्षिणपूर्वी एशियामा पनि केही सुधार देखिएको छ । 

    अमेरिकी, भूमध्यसागरीय, अफ्रीकी र पश्चिमी प्रशान्त क्षेत्रमा स्थिति अघिल्लो साताको जस्तै रह्यो । पश्चिमी प्रशान्त क्षेत्रमा मृत्यु सबैभन्दा धेरै छ भने बाँकी क्षेत्रमा सुधार भएको छ । पछिल्लो चार सातामा विश्वमा स्थिति विस्तारै सुध्रिदै गएको देखिएको छ तर नयाँ संक्रमित र मृत्यु हुनेको संख्या अझै धेरै छ । 

     

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology