Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

नरैनापुरमा इलाका प्रशासन पुनःस्थापना गर्न पहल

नरैनापुरमा इलाका प्रशासन पुनःस्थापना गर्न पहल

  • 485
    SHARES
  • नरैनापुरमा इलाका प्रशासन पुनःस्थापना गर्न पहल

    बाँके । बाँकेको नरैनापुरमा इलाका प्रशासन कार्यालय पुनःस्थापनाको लागि पहल गरिएको छ ।

    नरैनापुरमा यथाशीघ्र इलाका प्रशासन पुनःस्थापनाको लागि उपप्रधान तथा गृहमन्त्री रवि लामेछानेलाई नरैनापुरवासीको तर्फबाट ध्यानाकर्षण गराएको बाँके क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सूर्य ढकालले जानकारी दिए ।

    गृहमन्त्री लामेछानेले गृह सचिव विनोदप्रकाश सिंहलाई इलाका प्रशासन पुनःस्थापनाको लागि निर्देशन दिएकाले अब छिट्टै नरैनापुर गाउँपालिकामा इलाका प्रशासन कार्यालय पुनःस्थापना हुने ढकालले बताए ।

    बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले गृहसचिव सिंहले फोनमार्फत नरैनापुरमा इलाका प्रशासन पुनःस्थापना गर्न आवश्यक पहल गर्न र स्थानीय सरकारसँग समन्वय गर्न निर्देशन दिएको बताए ।

    बाँकेको सदरमुकाम नेपालगञ्जदेखि ४४ किलोमिटर टाढा राप्ती नदीपारी अवस्थित नरैनापुर क्षेत्रमा इलाका प्रशासन कार्यालय नहुँदा स्थानीयवासीले सास्ती झेल्नुपरेको छ ।

    नरैनापुर गाउँपालिका-४ मा रहेको इलाका प्रशासन कार्यालय २०७२ सालमा असुरक्षाको कारण देखाइ नेपालगञ्जमा विस्थापित भएको थियो । त्यसयता स्थानीय सरकारको रूपमा गाउँपालिका कार्यालय स्थापना भइसकेपनि इलाका प्रशासन कार्यालय भने हालसम्म पुनःस्थापित हुन सकेको छैन ।

    इलाका प्रशासन कार्यालय नहुँदा सहजै प्राप्त हुने नागरिकता प्रमाणपत्र बनाउने लगायतका सेवाबाट नरैनापुरवासी वञ्चित भएको स्थानीय अगुवा सोहनलाल यादवले बताए । उनले अहिले नागरिकता बनाउन सदरमुकाम नेपालगञ्ज आउनुपर्दा जनतालाई समय र आर्थिक भार पर्ने गरेको उल्लेख गरे । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij