वेबटिभी खबर
काठमाडौं । बाग्मती प्रदेशको उपसभामुखका लागि तीन जनाले उम्मेदवारी दिएका छन् ।
सत्ता गठबन्धनका तर्फबाट एमालेकी अप्सरा चापागाईले उम्मेदवारी दिएकी छिन् ।
यसैगरी कांग्रेसकी सुना परियार र नेपाल मजदुर किसान पार्टीकी गीता काफ्लेले उम्मेदवारी दिएका छन् ।
आज हुने उपसभामुख चयनका लागि उनीहरूले उम्मेदवारी दिएका हुन् ।
बाग्मती प्रदेश सचिवालयका अनुसार उपसभामुखको लागि सत्ता गठबन्धनको तर्फबाट एमालेकी चापागाईं, कांग्रेसकी परियार तथा नेपाल मजदुर किसान पार्टीकी गिता काफ्लेले उम्मेदवारी दर्ता गराएकाे बाग्मती प्रदेशसभा सचिवालयले जनाएकाे छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij