Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

साहित्यकार डा.रमेश शुभेच्छु दम्पतीद्वारा पुस्तकालयलाई पुस्तक प्रदान

साहित्यकार डा.रमेश शुभेच्छु दम्पतीद्वारा पुस्तकालयलाई पुस्तक प्रदान

  • 1.4K
    SHARES
  • साहित्यकार डा.रमेश शुभेच्छु दम्पतीद्वारा पुस्तकालयलाई पुस्तक प्रदान

    काठमाडौं । सिन्धुपाल्चोकको सदरमुकाम चौतारास्थित कञ्चन स्मृति ग्राम पुस्तकालयको स्थापना भएको धेरै समय भएको छैन । यस पुस्तकालयमा सिन्धुपाल्चोक जिल्लाका पुस्तकप्रेमीसहित जिल्लाबाट पनि आउने गर्छन् ।

    images

    पुस्तकालयका कर्मचारी देवी भारतीका अनुसार नजिकका विद्यालय र क्याम्पसका विद्यार्थीका साथै बौद्धिक व्यक्तित्वहरूको उपस्थिति पुस्तकालयमा बाक्लो रहेको छ ।

    शुक्रबार (पुस २९ गते) काठमाडौंबाट साहित्यकार डा. रमेश शुभेच्छु र गीता सापकोटा पुस्तक लिएर पुस्तकालयमा पुगेका थिए ।

    उनीहरूले पुस्तकालयलाई आफूसँग रहेका पुस्तक प्रदान गरेका छन् । डा.शुभेच्छु चौतारा बहुमुखी क्याम्पसका अतिथि प्राध्यापकसमेत हुन् ।

    उनी चौताराका प्रायः साहित्यिक र शैक्षिक प्रशिक्षण कार्यक्रमहरूमा उपस्थित भइरहन्छन् । पुस्तकालय सञ्चालक सुरेश कसजुले शुभेच्छुलाई पुस्तकालय अवलोकन र पुस्तक हस्तान्तरण गरेकाेमा धन्यवाद दिए ।

    पुस्तकालय अवलाेकनकाे क्रममा डा. शुभेच्छुले कञ्चन स्मृति पुस्तकालयको विकासको कामना गर्दै समाज विकासमा भौतिक विकासले मात्र नपुग्ने र पुस्तकालय जस्ता संस्थाको विकासले मानसिक विकासमा टेवा पुग्ने बताए ।

    पुस्तक प्रदान कार्यक्रममा सहभागी साहित्यकार गीता सापकोटाले निजी पुस्तकालयमा भन्दा सार्वजनिक पुस्तकालयमा रहने पुस्तकमा धेरैको नजर पुग्ने भएकाले पुस्तक प्रदान गरेको बताइन् ।

    साहित्यकार डा.शुभेच्छुले शैक्षिक कार्यक्रममा सहभागी हुन चौतारा क्याम्पस आएका बेला पुस्तकालय भ्रमण र पुस्तक हस्तान्तरण गरेका हुन् । उनले पुनः चौतारा आउँदा थप पुस्तक बोकेर आउने बताउँदै पुस्तकालयको विकासको कामनासमेत गरे ।

    डा.शुभेच्छुले भने, ‘समाज विकासका लागि फिल्महल, रङ्गशाला, भ्युटावर र चिल्ला सडकभन्दा स-साना पुस्तकालयले बढी सघाएका हुन्छन् ।’ पुस्तकालयको सबै पुस्तक कम्प्युटरमा अभिलेखन गरेर खोज्ने बित्तिकै भेटिने गरी राखिएकोप्रति डा. शुभेच्छुले खुसी व्यक्त गरेका छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology