Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

को हुन् सर्वोत्कृष्ट टिकटककर्ता ?

को हुन् सर्वोत्कृष्ट टिकटककर्ता ?

  • 317
    SHARES
  • को हुन् सर्वोत्कृष्ट टिकटककर्ता ?

    काठमाडौं । एसवाई बजार प्राइभेट लिमिटेडको आयोजना भएको टिकटम कम्पिटिशनमा रवीन मोक्तान सर्वोत्कृष्ट टिकटकर्ता घोषित भएका छन् । उनले एक लाख ५० हजार रकम प्राप्त गरेका छन् ।

    images

    एसवाई बजार प्रालिले आइतबार राजधानीमा आयोजना गरेको कार्यक्रममा मोक्तानसहित अन्य १५ जनालाई नगद पुरस्कार प्रदान गरेको हो ।

    पहिलो हुने एकजना, दोस्रो हुने दुईजना, तेस्रो तीनजना, चौथो हुने चारजना र पाँंचौं हुने पाँंच गरी कुल १५ जनालाई नौ लाख रुपैयाँं नगद पुरस्कार प्रदान गरिएको हो ।

    एसवाई बजार नाइन लाख जिंगल च्यालेन्ज कम्पिटिशनमा सहभागी मध्ये उत्कृष्टलाई नगद पुरस्कार प्रदान गरिएको हो । कम्पनीका अध्यक्ष होङ योङ ढोङलगायतका कम्पनीका पदाधिकारीले उनीहरूलाई नगद पुरस्कार वितरण गरेका थिए ।

    एसवाई बजार एउटा अनलाइन सपिंग बजार एप्स हो । यो एप्समा गएर आफूले चाहेको जुनसुकै कोरियन सामान नुनदेखि सुनसम्म अनलाइन मार्फत् पाउन सक्ने जनाइएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology