Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

मोटरसाइकल दुर्घटना हुँदा बारामा दुई जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा बारामा दुई जनाको मृत्यु

  • 656
    SHARES
  • मोटरसाइकल दुर्घटना हुँदा बारामा दुई जनाको मृत्यु

    बारा । गण्डक नहरको थलही पुलमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

    महागढीमाई नगरपालिका–९ पिपराविर्तास्थित गण्डक नहरको थलही पुलमा मोटरसाइकल दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको हो ।

    बारा प्रहरीका अनुसार सिम्रोनगढ नगरपालिका– १ बैरियाका २२ वर्षीय ताहिद अन्सारी र २३ वर्षीय कासिम अन्सारीको मृत्यु भएको हो ।

    सो दुर्घटनामा परेर बैरियाकै २२ वर्षीय गुड्डु अन्सारी सामान्य घाइते भएका छन् ।

    बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाका अनुसार स्थानीय तहमा लागेको मेला हेरेर घर फर्किदै गरेका उनीहरू सवार मोटरसाइकल राति ९ बजे अनियन्त्रित भइ थलही पुलमुनि खसेको थियो ।

    मृतक दुवैजनाको शव थलही खोलामा फेला परेको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij