Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

विमान दुर्घटना : सहकर्मी डाक्टरलाई यसरी सम्झिन्छन् सन्तोष पौडेल

विमान दुर्घटना : सहकर्मी डाक्टरलाई यसरी सम्झिन्छन् सन्तोष पौडेल

  • 256
    SHARES
  • विमान दुर्घटना :  सहकर्मी डाक्टरलाई यसरी सम्झिन्छन् सन्तोष पौडेल

    काठमाडौं । पोखरामा आइतबार भएको विमान दुर्घटनामा राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक पनि रहेको पुष्टि भएको छ । राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत अर्थोपेडिक डा.सुशील श्रेष्ठ र उनकी श्रीमती डा.सोना दिवाकरको आइतबार हवाई दुर्घटनामा निधन भएको हो । 

    images

    सेन्टरका पूर्वनिर्देशक डा.सन्तोष पौडेलले डा.श्रेष्ठ दम्पतीको पोखरा घर जाने क्रममा हवाई दुर्घटनामा निधन भएको बताए । उनले आफू चिकित्सक संघको निर्वाचनमा खट्नुपर्ने भएकाले आफ्ना बिरामीसमेत डा.श्रेष्ठलाई हेर्न भनेका थिए ।

    ‘दुई हप्ताअघि म चुनावमा निस्केँ मेरो बिरामी तपाईंले हेरिदिनुहोला भनेको थिएँ’, डा.पौडेलले भने, ‘उनले मेरा बिरामी हेर्दै आइरहनुभएको थियो । तर घर जाने क्रममा सोच्दै नसोचेको दुःखद् घटना भयो ।’

    डा.पौडेल नेपाल चिकित्सक संघको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार भएकोले चुनावी प्रचारका क्रममा देश दौडाहामा हुने भएपछि सेन्टरमा दुई हप्तादेखि बिरामी हेर्न छाडेका थिए । तीन वर्षअघि मात्र सेन्टरमा अर्थोपेडिक चिकित्सकको रुपमा डा.श्रेष्ठले काम सुरु गरेका थिए ।

    पोखरा महानगर गणेशटोलका ३३ वर्षीय श्रेष्ठ श्रीमती र सानो १० महिने बच्चासहित बिदामा घर गएका थिए । दुर्घटनामा अर्का चिकित्सक डा.गणेश थापा पनि परेका छन् । नेपाल चिकित्सक संघका महासचिव डा.बद्री रिजालले संघका आजीवन सदस्य तीनै जनाको निधनले नेपालको चिकित्सा क्षेत्रका उज्जवल नक्षेत्र गुमाएको बताए ।

    आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको विमान बिहान १०:५१ मा पोखराकाे सेती खोँचमा दुर्घटनामा हुँदा ६८ जनाको निधन भएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology