वेबटिभी खबर
सुर्खेत । सल्यानको शारदा नगरपालिकाले ऐलानी जग्गामा बनाइएका घर टहरामा डोजर चलेको छ ।
आधुनिक बसपार्क निर्माण गर्न शारदा नगरपालिका-१ श्रीनगरस्थित बसपार्क क्षेत्रका घरटहरामा सोमबार नगरपालिकाले डोजगर चलाएको हो ।
श्रीनगर बजार नजिक रहेका सरकारी पर्ती ऐलानी जग्गामा आधुनिक बसपार्क निर्माणका लागि अस्थायी बसपार्क वरपरका झन्डै १ सय ५० बढी घरहटरा हटाइएको नगरपालिकाले जनाएको छ ।
पहिलो चरणमा ३५ रोपनी क्षेत्रफलमा बनाइएको घरटहरामा डोजर चलेको नगर प्रमुख प्रकाश भण्डारीले जानकारी दिए ।
मंसिर १५ गते बसेको शारदा नगर कार्यपालिकाको बैठकले ऐलानी जग्गामा बनेको घरटहरा हटाउने निर्णयअनुसार ३५ दिने सूचना जारी गरी घरटहरा हटाइएको उनको भनाइ छ ।
३५ दिने सूचनाजारी गर्दा पनि नहटाउने घरटहरामा डोजर चलेको भण्डारीले बताए । कानुनको परिधिभित्र रहेर विकास निर्माणको कामगर्न आफूलाई कसैले अवरोध गर्न नसक्ने उनको भनाइ छ ।
स्थानीय घर र जग्गाधनीहरूले भने बसपार्क क्षेत्रमामात्रभन्दा पनि ऐलानीजग्गामाबनेका सम्पूर्ण घरटहरा भत्काउनुपर्ने बताएका छन् ।
घरटहरा भत्काउनेमाआफूहरूको विरोध नरहेको भन्दै उनीहरूले अन्य स्थानमा ऐलानी जमिनमा बनेका संरचना पनि भत्काउनुपर्छ भन्ने माग रहेको उनीहरूको भनाइ छ ।







Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij