Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

बालुवाटारमा सत्ता गठबन्धन दलको बैठक सुरु

बालुवाटारमा सत्ता गठबन्धन दलको बैठक सुरु

  • 379
    SHARES
  • बालुवाटारमा सत्ता गठबन्धन दलको बैठक सुरु

    काठमाडौं । मन्त्रिमण्डल विस्तार तथा भागबन्डा टुंगो लगाउन सत्ता साझेदार दलको बैठक सुरु भएको छ ।

    प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसिरहेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सीके राउतलगायत उपस्थित रहेका छन् ।

    प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच आजै भएको भेटवार्तापछि सत्ता साझेदारको बैठक बोलाइएको हो ।

    मन्त्रिपरिषद् विस्तार गर्ने सहमति ओली र प्रचण्डबीच भइसकेको छ । आज राष्ट्रिय शोक दिवस भएकाले सम्भवः नभएकाले भोली मंगलबार नयाँ मन्त्रीहरूको शपथ गराउने पनि अनौपचारिक सहमति भएको छ ।

    स्रोतका अनुसार स्वतन्त्रलाई ३, राप्रपालाई तीन मन्त्रालय दिने सहमति भएपनि मन्त्रालय भने टुंगो भईसकेको छैन । जनता समाजवादी पार्टीले भने सर्तसहित सरकारमा सहभागी हुने जनाइरहेको छ । सो पार्टीले उपराष्ट्रपति माग गर्दै आएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij